कालिकोटको तिलागुफा ४ मा रास्वपाले ल्यायो जम्मा ५ भोट

कालिकोट,मंसिर १६-

कोलीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जम्मा ५ मत पाएको छ । आइतबार राति प्राप्त अन्तिम मतपरिणामअनुसार रास्वपाका गगन बमले जम्मा ५ मत पाएका हुन् । सो स्थानमा नेमकिपाका खड्गराज शाहीले १४३ मतका साथ विजय हासिल गरे भने दोस्रो स्थानमा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत पाइन् । सो स्थानमा यसअघि माओवादी केन्द्रको उम्मेदवार विजयी भएकोमा अहिले नेमकिपा विजयी भएको हो ।

यस्तै एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैल बहादुर शाहीले ४९ र राप्रपाका गोगन बहादुर शाहीले जम्मा १७ मत पाए ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button