महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही विजयी

काठमाडौं, मंसिर १७-

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। कांग्रेसका उम्मेदवार झलक भण्डारीलाई ४५२ मतान्तरले पराजित गर्दै शाही अध्यक्ष निर्वाचित भएका हुन्।

शाहीलाई कुल ३ हजार १२७ मत प्राप्त गरे भने भण्डारीले २ हजार ६७५ मत ल्याए। यस्तै माओवादीका जंगबहादुर बहादुर बरालले ८४२ मत ल्पाए। रास्वपाका प्रकाश बुढाले ११२ मत पाए।

यहाँ १२ हजार ६१४ मतदाता रहेकामा ६ हजार ९८९ मत खसको थियो । यो गाउँपालिकामा यसअघि कांग्रेसका लक्षुमन गुरुङ निर्वाचित भएका थिए।। दैलेखककै दुल्लु नगरपालिका १३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही विजयी भएका छन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button