बिज्ञापन

कपिलवस्तुको शुद्धोधन-६ मा एमालेका मुसलमान विजयी

काठमाडौं, मंसिर १७-

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ को अध्यक्षमा नेकपा एमालेका मोहमद ताहिर मुसलमान विजयी भएका छन्। आइतबार सम्पन्न आमनिर्वाचनमा उनले एक हजार १५० मत प्राप्त गरे।

निर्वाचन आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए। जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३, जनता समाजवादी पार्टी, नेपालका रामबहादुर कुर्मी चौधरीले ३४१, नेकपा माओवादी केन्द्रका रफी मोहम्मद मुसलमानले १३८, राष्ट्रिय स्वतन्त्र पार्टीका अवधेशकुमार चौधरीले ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इनताज अहमद धोवीले ६६ मत पाए।

साथै नागरिक उन्मुक्ति पार्टीका सूर्यकुमार चौधरी थारुले ३३, नेकपा एकीकृत समाजवादीका सुब्बा थारुले १५ र स्वतन्त्र उम्मेदवार अब्दुल अब्वल फकिरले एक मत प्राप्त गरे।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button