ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका ३ मा एमालेकी सावादेन निर्वाचित,रास्वपाले पायो ७ मत

ताप्लेजुङ,मंसिर १७-

सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् । माओवादी केन्द्रका अम्बि साउदेनलाई १०२ मत अन्तरले पछि सावदेन विजयी भएकी हुन् । कुमारीले ३ सय ५३ मत प्राप्त गर्दा अम्बीले २ सय ५१ मत प्राप्त गरे । नेपाली कांग्रेसका भिम लक्समले २ सय १८ मत पाए । १ हजार ५ सय २८ मतदाता रहेको यहाँ ८ सय ८९ मत झरेको थियो ।

कुमारी २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेद्वार दिलप्रसाद बोखिमसँग ४ मत अन्तरले मात्रै पराजित भएकी थिइन् । उनलाई पराजित गरेका बोखिम रोजगारीका लागि हङकङ गएपछि उपनिर्वाचन भएको हो । यहाँ कांग्रेसबाट लक्सम्बा लिम्बू, एमालेका कुमारी, माओवादी केन्द्रका अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बू गरी ५ जना उम्मेदवार थिए । लिम्बुवानका राजेन्द्रले ५४ मत प्राप्त गर्दा रास्वपाका देवीले ७ मत पाए । ९ मत बदर भयो ।

६१ वडा रहेको जिल्लामा कुमारी एकमात्र महिला वडाध्यक्ष बनेकी छिन् । अरु ६० जना सबै पुरुष छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button