सप्तरीमा गुम्यो काँग्रेसका दुई वडा,डाकेश्वरीका दुईवटै वडामा जसपा नेपाल विजयी

राजविराज,मंसिर १७-

सप्तरीको डाकेश्वरी नगरपालिका वडा नं १ र ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । अघिल्लो निर्वाचनमा यो दुवै वडामा नेपाली काँग्रेस विजयी भएको थियो । डाकनेश्वरी वडा नम्बर १ को वडाध्यक्षमा जसपा नेपालका धिरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनले ६ सय ५२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसकी भुलिया देवी थरुनीले ५ सय ८७ मत प्राप्त गरिन् ।

यस्तै, डाकनेश्वरी वडा नम्बर ४ मा जसपा नेपालका देवेन्द्र प्रसाद यादव विजयी भएका छन् । यादवले ३ सय ७२ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका जोगिन्द्र राय अमातले २ सय ७७ मत प्राप्त गरे ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button