भैरहवामा भित्र रविको बयान चलिरहँदा बाहिर रास्वपाको प्रदर्शन

बुटवल, कात्तिक २८-
पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि भैरहवामा प्रदर्शन भएको छ ।
भैरहवाको लुम्बिनी रोडबाट रास्वपा नेता कार्यकर्ताले लामिछानेको पक्षमा नाराबाजी गरेका हुन् । आज बुद्धचोकमा कोणसभा गर्ने रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले बताए ।
पार्टीले हिजो पनि सोही ठाउँमा विरोध सभा गरेको थियो । बुटवलको सुप्रिम सहकारीमा बचत ठगी गरेको आरोपमा लामिछानेलाई हिजो कास्कीबाट रुपन्देही ल्याएको थियो। अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ।बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।