मंगलबार सम्म धूलो सहितको हावाहुरी

हिजो राती बाट सुरु भएको धूलो सहितको कडा हवाहुरी मंगलबार सम्म रहने मौसम विभागले जनाएको छ।उत्तरी अरेबियन पेनिनसुला बाट आएको धूलो सँगैको हावाहुरी विषेशगरी शनिबार र आइतबार बढी सक्रिय रहनेछ।

हावाहुरीका कारण प्रतक्ष्यता घटेर २ किलोमीटर भन्दा तल झर्ने र उच्च तापक्रम ३१ डिग्री सम्म रहनेछ।विभागले यस अवधिभर कुनै पनि समुन्द्री क्रियाकलाप नगर्न सावधान गरेको छ।त्यस्तै मौसम बारे अपडेट लिन विभागको अधिकारी सामाजिक सञ्जाल हेर्न विभागले आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयको समन्वयमा मौसम विभागले जारी गरेको धूलोको समयमा अपनाउनु पर्ने  सुरक्षाका उपायहरु यस्ता छन् ।

१.श्वासप्रश्वासमा समस्या भएका बिरामीहरू धूलोको समयमा बाहिर ननिस्कने।

२.आँखा तथा नाकको सल्यक्रिया गरेका बिरामीहरू धूलो बाट टाढा रहने।

३.मुख,आँखा,नाक र कान समय समयमा धोईरहने।

४.बाहिर निस्किनु परेको खण्डमा मास्कको प्रयोग गर्ने।

५.आँखा नमिच्ने ।

६.एलर्जी देखिए नजिकैको स्वस्थ केन्द्रमा देखाउने।

७.श्वास फेर्न समस्या भए तुरुन्त अस्पताल जाने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button