कर्वाले पाँच सय ट्याक्सी थप गर्ने

कतारमा फेरी अर्को ट्याक्सी कम्पनी थपिने भएको छ।यातायात कम्पनी मोवसलतले आफ्नो सेवा कार्यक्रम अन्तर्गत नँया ट्याक्सी कम्पनीको लागि केही दिन अघि टेन्डर आव्हान गरेको छ।
११ मे मा लोकल पत्रिका गल्फ टाइम्समा छापिएको उक्त टेन्डर स्विकार गर्ने कम्पनी कतारी मालिक संगै ५ सय वटा ट्याक्सी संन्चालन गर्न सक्ने आर्थिक तथा प्रशासनिक क्षमता भएको हुनुपर्नेछ।टेन्डरको अवधि ५ जुन सम्म रहेको छ।
कतारमा हाल कर्वा अन्तर्गत ४ वटा ट्याक्सी कम्पनीहरु संन्चालनमा रहेका छन।सन् २००४ र २०१२ देखि संन्चालनमा आएको कर्वाको आफ्नै अल मिलियन(गाढा रातो छत) र अलि जराह(निलो छत),आइबिन अजएन कम्पनीको क्यापिटल(खैरो छत) र दुबई कार्स कम्पनीको एल्लो(पहेँलो छत) ट्याक्सीहरु रहेका छन।