नेपाल पैसा पठाउन शुल्क नलाग्ने तयारी गर्दैछ नेपाल सरकार

विदेशमा रहेका नेपाली कामदारले औपचारिक प्रणालीबाट स्वदेशमा रकम पठाउँदा लाग्ने शुल्क तथा कमिसन नेपाल सरकारले व्यहोर्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटले यस्तो व्यवस्था गर्ने भएको हो । यस्तो भएमा विदेशबाट नेपालमा पैसा पठाउने लाखौ नेपालीहरूलाई फाइदा हुनेछ ।
किन यस्तो गर्न लागेको ?
- हुण्डीबाट नेपालमा पैसा पठाउने क्रम बढेपछि धेरै ठगीका घटनाहरू भएकाले त्यसलाई कम गर्न
- हुण्डीबाट रेमिट्यान्स पठाउने प्रवृत्तिलाई घटाउन र कामदारहरुले पैसा पठाउँदा तिर्नुपर्ने रकम घटाउन
- राष्ट्र बैङ्कको गत असोजमा प्रकाशित एक प्रतिवेदनअनुसार लागतकै कारण कतिपयले हुण्डीबाट पैसा पठाउन सहज मान्ने गरेका छन् । कुल ३ सय २० घरपरिवारमा गरिएको नमुना सर्वेक्षणमा ३.८ प्रतिशतले रकम पठाउँदा लाग्ने खर्चकै कारण औपचारिक प्रणाली प्रयोग नगरेको पाइएको थियो । यो तथ्याङ्कलाई घटाउन
- ‘स्वदेश पैसा पठाउन महँगो हुने भएकाले कोरिया लगायतका मुलुकबाट आधाभन्दा बढी कामदारले हुन्डीमार्फत रकम पठाउने गरेको पाइएकाले त्यसलाई सहज बनाउन
औपचारिक तरिका (रेमिट्यान्स कम्पनीहरू) बाट पैसा पठाउनेहरू घटे
- अनौपचारिक क्षेत्रबाट आउने रेमिट्यान्सको वास्तविक अध्ययन नभए पनि यसमा वृद्धि भइरहेकोले औपचारिक बाटोबाट आउने रेमिट्यान्स घटेको छ
- विगत १५ वर्षको अवधिमा रेमिट्यान्स भित्रने दरमा १३ गुणाले वृद्धि देखिए पनि वार्षिक वृद्धिदर घट्दो क्रममा रहेको छ ।
- आव ०७१/७२ मा वार्षिक रेमिट्यान्स भित्रने दरमा १३.६ प्रतिशत वृद्धि देखिएकोमा आव ०७२/७३ मा यस्तो वृद्धिदर ७.७ प्रतिशतमा सीमित भएको थियो । चालु आव ०७३/७४ को पहिलो दुई महिना रेमिट्यान्सको आप्रवाह कम भएको र नेपालबाट विदेश लाभांश भुक्तानी बढी भएकाले पनि देश घाटामा (शोधानान्तर घाटा) गएको थियो । चालु आवको आठ महिनामा भने देशमा भित्रिएको रेमिट्यान्सको वृद्धिदर ३.७ प्रतिशतमा सीमित भएको छ ।
- यसरी औपचारिक तरिकाबाट पैसा पठाउनेहरू घट्नु भनेको सरकार गरिब हुँदै जानु तर मान्छे धनी हुँदै जानु हो
त्यसैको कारणले गर्दा
- गत असारमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले रेमिट्यान्स पठाउदा लाग्ने शुल्क तथा कमिसन सरकारले नै व्यहोर्ने नीतिगत व्यवस्था गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको थियो
- समितिले बैङ्किङ प्रणालीबाटै रेमिट्यान्स भित्रने व्यवस्था सुनिश्चित गर्न पनि भनेको थियो ।
- यसैको कारणले आगामी बजेटबााट पैसा पठाउँदा पैसा नलाग्ने व्यवस्था सरकारले गर्न लागेको हो
तपाईँले यसरी सहयोग गर्न सक्नुहुन्छ
- पैसा पठाउँदा औपचारिक तरिकाबाट मात्र पठाउनुहोस् यसो गर्दा तपाईँले पैसा पठाउँदा तिरेको रकम सरकारको कमाइमा जान्छ
- सरकारले बाटो घाटो तथा विकास निर्माणको कार्य त्यही पैसाले बनाउने हो
- हुण्डी जस्तो अवैधानिक माध्यमबाट पैसा आफू पनि नपठाउनुहोस् अरूलाई पनि नपठाउन भन्नुहोस् ।