गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शेर्पा विजयी

दोलखा, मंसिर १७—
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छिन् । उनी माओवादी उम्मेदवारलाई २ सय ५ मतान्तरले हराउँदै विजयी भएकी हुन् ।
शेर्पा २ हजार ८ सय ५ मतसहित विजयी भएकी हुन् । शेर्पाकी निकटतम् प्रतिस्पर्धी रहेकी माओवादी केन्द्रकी निम लेकी शेर्पाले २ हजार ६ सय मत ल्याइन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी पासदिकी शेर्पाले १ हजार ७ सय २७ मत ल्याएकी छिन् । आइतबार सम्पन्न उपाध्यक्ष पदको उपनिर्वाचनमा ७ हजार ५ सय ९० मत खसेको थियो । त्यसमध्ये ११० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै राप्रपाकी मानकुमारी श्रेष्ठले ११८, रास्वपाकी गोमा श्रेष्ठले १ सय र एकीकृत समाजवादीकी रविना खड्काले ९० मत ल्याएकी छिन् । यसअघि ०७९ को स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ विजयी भएका थिए । उनी ४ हजार ७ सय ४१ मत ल्याई विजयी हुँदा एमालेकी मुना शिवाकोटी केसीले ३ हजार २ सय ८१ मत ल्याएकी थिइन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।