बिज्ञापन

साउदीमा अवैधानिक ढंगले विश्वकप प्रसारण हुँदै

 

रोयटर्स

अन्तराष्ट्रिय फुटबल संघ (फिफा) ले साउदी अरेबियाको बिआउटक्यु च्यानल नेटवर्कलाई अवैधानिक रुपमा विश्वकपका खेलहरु प्रसारण गरेको आरोप लगाएको छ।

फिफाले हिजो एक वक्तव्य जारी गर्दै गैर यस विषयमा गम्भीर ध्यानाकर्षण भएको र कानुनी तरिकाले विश्वकप प्रसारण गर्ने च्यानल सँगै सम्बन्धित संघ संस्थालाई कानूनी रुपमा कारबाही गर्ने बताएको छ।यता उक्त च्यानल र साउदी सरकार बाट भने कुनै प्रतिक्रिया आएको छैन।

रुसमा बिहीबार बाट सुरु भएको विश्वकप मध्यपूर्व र उत्तर अफ्रिकामा प्रत्यक्ष प्रसारण गर्न कतारको बीइन स्पोर्ट्स नेटवर्क सँग मात्र अधिकार रहेको छ। गत वर्ष देखि जारी कुटनीतिक विवादका कारण अन्तराष्ट्रिय खेलहरु प्रसारण गर्ने बीइन नेटवर्क र साउदी अरेबिया बीच सम्झौता टुटेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button