१५० नेपाली स्वदेश फर्किए

कतारबाट आज १५० नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड १९ को परिस्थिति पछि उत्पन्न विभिन्न समस्याको कारण नेपालीहरुलाई स्वदेश फर्काउने अभियान अनुरुप २१ औ उडान अन्तर्गत नेपाल एयरलाइन्सले ८ महिला सहित १५० जनालाई नेपाल लगेको कतारस्थित नेपाली दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले क्युएन खबरलाई जानकारी दिनुभएको छ । यसै बीच कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पनि सोही उडानबाट नेपाल पठाईएको छ ।

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेका दीर्घ रोगी,लगायत जागिर गुमेका पीडितहरु छन् । उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन् ।

यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button