एनपीएलः विराटनगरविरुद्ध खेल्दै सुदूरपश्चिम, चितवनलाई पोखराको चुनौती

काठमाडौं,मंसिर १८-

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (मंगलबार) दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो ।

यता, विराटनगरको भने आज दोस्रो खेल हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । यी दुई टिमबीचको खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिनेछ । यी दुवै खेलाडी राष्ट्रिय क्रिकेट टिमकासमेत नियमित सदस्य हुन् ।

यस्तै, आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । त्रिवि क्रिकेट मैदानमै हुने यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा चितवन कुशल मल्ल र पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ । यी दुई कप्तान पनि राष्ट्रिय टिमका नियमित सदस्य हुन् ।

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । २१ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button