रवि लामिछानेलाई चितवन ल्याइँदै, विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

चितवन, मंसिर १८-

सहकारी रकम अपचलनको मुद्धामा बयान लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन ल्याइँदै छ । चितवन साहारा बहुउद्धेश्यिय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्धामा लामिछानेलाई काठमाडौँबाट हवाईमार्फत चितवन ल्याउन लागिएको हो ।

लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विमानस्थलमा ओर्लिनेवित्तिकै बयानका लागि सिधै सरकारी वकिलको कार्यालयमा लैजाने प्रहरीको तयारी छ ।

चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button