रास्वपा सभापति लामिछानेलाई चितवन ल्याइयो

चितवन, मंसिर १८-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ । काठमाडौँबाट विमानमार्फत चितवन ल्याइएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने प्रहरीको तयारी छ । चितवन साहारा बहुउद्धेश्यिय सहकारी संस्थाको बचत रकम ठगीको मुद्धामा बयान लिन लामिछानेलाई चितवन ल्याइएको हो ।

लामिछानेलाई चितवन ल्याउने क्रममा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो ।

चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button