सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो

काठमाडौँ, मंसिर १८-
सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ । सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ४५ कायम भएको छ । रासस
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो