एनपीएलमा बेटिङ खेलाएको आरोपमा ४ जना पक्राउ

काठमाडौं, मंसिर १८-
नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए ।
‘हिजो पक्राउ परेका दुई जना भारतीय हुन् । आज पक्राउ परेका दुई जनालाई कार्यालयमा ल्याइँदैछ । उनीहरुको हकमा बुझ्न बाँकी छ’, एआईजी थापाले भने । सोमबार पक्राउ परेका भारतीय नागरिक सुमन घोस् र अमित यादव रहेका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो