बिज्ञापन

आज इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद

इस्लाम धर्मावलम्बीको पर्व ईद उल अधा (बक्र ईद) आज आईतबार देखी सुरु भएको छ । तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन अहिले बिहान ५:२० बजे इस्लाम धर्माबलम्बीले ईदगाह, तथा मस्जिदमा भेला भएर अल्लाहको प्रार्थना गर्नेछन ।

आज बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ ।

बली दिएको पशुको मासु तीन भाग लगाएर एक भाग दीनदुदी र बली दिन नसक्नेलाई, एक भाग आफन्तलाई दिइन्छ भने एक भाग आफूले प्रसादका रुपमा खाने चलन छ । सोमबार र मंगलबार पनि बली तथा प्राथना हुन्छ ।

मुस्लिम धर्मग्रन्थका अनुसार आजभन्दा लगभग चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा आफ्नो परमेश्वरले आफ्नो सबभन्दा प्रिय वस्तु मलाई चढाउ भनेको देखेपछि आफ्नै छोरालाई आफैले छुरी रोपेर बलि दिएको देखेपछि भोलिपल्ट विपनामा त्यसैगरी छुरी हान्दा छोरालाई केही नभई अाफूसंग रहेको भेंडा मरेपछि सोही घटनाको सम्झना स्वरूप यो पर्व मनाउन थालिएको हो। कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो ।

हजरत महम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीबहरु पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरुले आफ्नो संचित धनको २।५ प्रतिशत हिस्सा गरिबहरुलाई दान गर्नु पर्ने नियम छ। अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरुलाई कुरवान गर्ने चलन पनि छ । गरिएको कुर्वानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकिलाई दिइन्छ, दोश्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेश्रो भाग चाँही कुर्वानी गर्ने परिवारले राख्दछन् ।

दोहा कतारमा ईद उल अधाको नवाज/ प्राथना पढ्ने समय बिहान ५:२० बजे रहेको कतारको अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ । प्राथना गर्नको लागि सहज होस् भनेर करिब ३८८ वटा मस्जिदको खुला ठाउँ व्यवस्था गरिएको छ ।

अमिर शेख तमिम विन हमाद अल थानीज्युले आज बेलुकी ४:१५ बजे तिर देश बासी र सेखहरु लाई कर्नेशमा भेट्ने कार्यक्रम पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button