घर बनाउन कम्पनी बाट सहयोग

रोजगारको सिलसिलामा कतारमा रहेका प्रकाश चन्द्र आचार्यले आफ्नो घर बनाउन कम्पनी बाट ७ हजार रियाल (झण्डै दुई लाख रुपैयाँ)नगद सहयोग पाएका छन्। नासर अल अलि कम्पनीमा कार्यरत उनलाई म्यानेजर जितेन्द्र झा ले सहयोग नगद हस्तान्तरण गरेका हुन्।

कम्पनीले यसअघि पनि आचार्यलाई पन्ध्र वर्ष पूरा गरे बापत दस हजार रियाल र दुई पटक १०/१० ग्रामको सुन पुरस्कार दिएको थियो।कम्पनीमा साधारण कामदार बाट शुरू गरेका आचार्य अहिले सुपरभाइजर भईसकेका छन्।

करिब ९० प्रतिशत ‌‍बन्दा बढी नेपाली कामदार भएको यस कम्पनीले राम्रो काम प्रदर्शन गर्ने कामदारलाई विगत देखी नै आवश्यक सहयोग समेत प्रदान गर्दै आईरहेको छ। कम्पनी प्रमुख अलीले यसअघि भुकम्पमा क्षति पुगेका नेपाली कामदारहरूको घर निर्माण,विकास तथा सामाजिक क्षेत्रमा सहयोग, पिछडिएका र असहाय बालबालिकाको शिक्षामा योगदान गर्दै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button