रवि लामिछाने सरकारी वकिल कार्यालय चितवनमा, समर्थक सडकमा

चितवन,मंसिर १८-

सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयान लिनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन ल्याइएको छ । उनलाई मंगलबार काठमाडौंबाट चितवन ल्याइएको हो ।  चितवन ल्याएलगत्तै बयानका निम्ति लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ । चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका निम्ति लामिछानेलाई यहाँ ल्याइएको हो ।

उक्त सहकारीबाट ४२ करोड रुपैयाँ पाँच कम्पनीमा लगिएको प्रहरीले जनाएको छ । हिनामिना भएको रकममध्ये १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको प्रहरीले जनाएको छ । लामिछानेलाई चितवन ल्याउँदा सुरक्षाका निम्ति भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । लामिछानेका समर्थक विमानस्थलबाहिर पुगेर नाराबाजी गरेपछि प्रहरीसँग उनीहरूको धकेलाधकेल समेत भएको थियो ।

सहारा सहकारीको रकम अपचलनका विषयमा पीडितले पछिल्लोपटक मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । मंसिर ७ गते चितवनमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button