एनपीएलमा पोखराको विजोग,चितवनबिरुद्ध ६ विकेट गुमाएर ७ रन जोड्यो

चितवन,मंसिर १८-
नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले लगातार विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिलो ओभरमै तीन विकेट गुमाएको पोखराले चौथो ओभरमा रिजन ढकालले थप तीन विकेट लिएका हुन् । पहिलो ओभरमा चितवनका सोहेल तानबिरले पोखराका कप्तान कुशल भूर्तेल, बास डे लीडे र दिलीप नाथलाई आउट गरेका थिए । ढकालले किरण ठगुन्ना, माइकल लिस्क र दिनेश खरेललाई आउट गरेका हुन् ।
पावर प्ले अगाडि नै पोखराले ६ विकेट गुमाएर ७ रन बनाएको छ । चितवनले दिएको १६२ रनको लक्ष्यमा पोखरा एभेन्जर्सले जवाफी ब्याटिङ गरिरहेको छ । यो एनपीएलको सबैभन्दा महँगो टिम हो । नेपाल टी–ट्वान्टी प्रा.लि.ले क्यानबाट तीन करोड ५७ लाखमा टिमको फ्रेन्चाइजी खरिद गरेको थियो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो