भैरहवामा कतार एयरवेजको उडान स्थगित
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजले उडान स्थगित गरेको छ ।
कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडवडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौँ–दोहा रुटमा दैनिक व्यावसायिक उडान गर्दै आएको थियो ।
आइतबारदेखि नयाँ उडानका लागि अनुमित नमागेको गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोदकुमार रावतले रातोपाटीलाई बताए । उनले भने, ‘नोभेम्बर ३० सम्म अनुमति मागेको थियो । नयाँ के गर्छ अझै भन्न सकिन् ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणकाले मङ्सिर १६ पछि पनि उडानका लागि प्रस्ताव पेस गर्न इमेलमार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको छैन । अहिलेसम्म थप अनुमतिको लागि प्रस्तावसमेत नगरेको उनको भनाइ छ ।
यो समयावधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान–अवतरण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।