बिज्ञापन

काठमाडौंविरुद्ध चितवनको सानदार शुरूआत, पावरप्लेमै चार विकेट लियो

चितवन,मंसिर १७-

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज् भिडिरहेका छन् । सोमबार बिहान त्रिवि मैदानमा टस जितेर बलिङ रोजेको चितवनले सानदार शुरूआत गरेको छ ।

चितवनले पावरप्लेमै चार विकेट चट्काएको हो । पावरप्ले सकिँदा काठमाडौंले चार विकेट गुमाउँदै ३९ रन बनाएर खेलिरहेको छ । काठमाडौंका स्टेफेन एसकिनाजी २ रन मात्रै बनाएर आउट भए । त्यस्तै, मिचेल लेभिटले १६ बलमा २५ रन बनाए । गेह्राल्ड इरासमस ४ रनमा आउट भए । यस्तै, भीम सार्की एक रनमा आउट भए ।

पावर प्लेमा चितवनका सोहन तानविरले दुई र कुशल मल्लले एक विकेट लिए । आजको दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्स्‌बीच दिउँसो १ः१५ बजे हुनेछ । शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button