एनपीएल: करणको आक्रामक ब्याटिङमा काठमाडौंको पहिलो जित

काठमाडौँ, मंसिर १९-
नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाज कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १५० रनको लक्ष्य ३ बल बाँकी छ्दा भेट्टायो ।
काठमाडौंका कप्तान करण केसीले आक्रमक ब्याटिङ गर्दै टीमलाई जित दिलाए । १० बलमा २८ रन प्रहार गरे। सुमित महर्जन ४० रनमा अविजित रहे ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । कर्णालीका शिखर धवनले ५१ बलमा अविजित ७२ रन बनाए ।
पहिलो खेलमा काठमाडौं चितवन राइनोजसंग ५ विकेट र कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएका थिए।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो