आज १,६४८ जनामा भाइरस देखियो,दुई जनाको मृत्यु

कतारमा पछिल्लो २४ घण्टामा ४,०८१ जनामा गरिएको परिक्षणमा थप १,६४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ४४५१ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५६,९१० पुगेको छ । आज कतारमा भाइरसका कारण दुई जनाको मृत्यु पनि भएको छ । आज मृत्युु हुने ५३ र ७७ वर्षिय व्यक्ती रहेका छन् ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatarhttps://t.co/Il86Rjz8nX#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/pCetofnYfC— وزارة الصحة العامة (@MOPHQatar) May 31, 2020
कतारमा आज सम्म ३०,२९० जना निको भएर घर फर्किएका छन् भने १,५०२ जनाले अस्पातलको प्रत्यक्ष निगरानीमा आपतकालिन स्वास्थ्य सेवा लिइरहेका छन् जसमा २४२ जना पछिल्लो २४ घण्टामा भर्ना भएका छन् । त्यस्तै जम्मा २३२ बिरामी मध्ये गएको २४ घण्टामा थप २७ जनालाई आइसीयुमा भर्ना गरिएको छ । आज सम्म २,२२,०६९ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ । भाइरसका कारण कतारमा हालसम्म मृत्युहुनेको संख्या ३८ रहेको छ ।
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
कतार सरकारले कोरोना भाइरसको शंका लागेका व्यक्तिहरुमा स्वाब परिक्षण गर्ने सुविधा दिने भएको छ । कोभिड-१९ को महामारी नियन्त्रण गर्न कतार सरकारले चालेको कदम अनुरुप भाइरस फैलिन नदिन र भाइरस प्रारम्भिक चरणमा नै पत्ता लगाई त्यसको विकास हुन नदिन प्राइमरी हेल्थ केयर सेन्टर (पीएचसीसी) ले आइतबार ३१ मे देखि आफ्नो तीन केन्द्रमा स्वाब परिक्षण गर्ने जनाएको छ ।
स्वाब परिक्षणका लागि पहिला आफुले फोन मार्फत एपोइन्टमेन्ट लिन अनिवार्य हुनेछ । जाँचका लागि वृद्ध तथा भाइरसको जोखिम भएकाहरुलाई बढी प्राथमिकता दिइनेछ ।
भाइरस परिक्षणका लागि तोकिएको केन्द्रहरु :
अल थुमामा हेल्थ सेन्टर
अल वाब हेल्थ सेन्टर
लिएबैब हेल्थ सेन्टर
समय
दिउँसो २ देखि राती १० बजे सम्म ।
गर्नुपर्ने प्रक्रियाहरु :
१. १६००० मा फोन गरेर एपोइन्टमेन्ट लिनुपर्ने ।
२. मोबाइलमा एपोइन्टमेन्टको म्यासेज आएको हुनुपर्ने ।
३. निजि सवारीमा मात्रै जाँच केन्द्र जानुपर्ने ।
४. केन्द्र पुगेपछि भाइरस सम्बन्धि सोधिएको केही प्रश्नहरुको जवाफ दिनुपर्ने ।
५. नाक वा मुख बाट स्वाबको नमुना लिईने ।
६. जाँचको नतिजा नआउन्जेल घरमै क्वारेन्टाइनमा बस्नुपर्ने । (भाइरस लागेका व्यक्तिसंग घुलमिल भएकाहरु मात्र)
७. मोबाइलमा जाँचको नतिजा आउने ।
८. उपचार गर्नुपरे डाक्टरले सल्लाह दिने ।