एकैदिन चार जनाको मृत्युु

दैनिक कोरोना संक्रमितको संख्या दुई हजार भन्दा तल झरेको छ तर मृत्यु हुनेको संख्या रोकिएको छैन ।
आज देशभर थप १,५३८ जनामा कोरोना भाइरस संक्रमण र ४,१८७ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भाइरसको कारण आज एकै दिन चार जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ५९,७३,७८ र ९० वर्षिय व्यक्तिहरुको ज्यान गएको छ ।
आज भाइरस देखिएका मध्ये १,११४ जना स्थानिय र ४२४ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या ३,३६,०८१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २१,६६० जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पतालमा उपचार भैरहेका जम्मा – २६८ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ८४ जना
निको हुनेको संख्या : ३,०९,१८८
आज सम्म खोप वितरण : ५७,७७,३९६
बुस्टर डाेज खोप वितरण : ७,८०,६०९
आजको खोप वितरण :२,८०५
निको हुन बाँकीको संख्या : २६,२४८
ज्यान जानेको संख्या : ६४५ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
One Comment