आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं, पुस २-
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आज हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना देखिएको हो।
यसबाहेक देशका अन्य प्रदेश तथा स्थानमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो