गैंडाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

गैंडाकोट, मंसिर २०-

नवलपुरको गैँडाकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीको शिदार्थनगर नगरपालिका–७ घर भएका वर्ष ३५ का पंकज ज्ञवाली रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

ज्ञवाली नेपाल कृषि अनुसन्धान परिषद (नार्क) खुमलटारमा प्राविधिक अधिकृत पदमा कार्यरत थिए । उनी दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार थिए ।

दुर्घटनामा परि मोटरसाइकल चालक लमजुङ घर भएका वर्ष ३९ का सुकबहादुर गुरुङ गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । चितवन मेडिकल कलेजमा गुरुङको उपचार भइरहेको छ ।

कालीगण्डकी करिडोरबाट गैँडाकोटको मूख्य राजमार्गतर्फ आउदै गरेको बागमती प्रदेश ०६–००१ प ६२७३ नम्बरको बुलेट मोटरसाइकल राति ११ बजे गैँडाकोट–४ स्थित सडकमा दुर्घटनामा परेको हो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button