एनपिएलका आठ टोलीले विश्वकपमा छनोट भएको नेपाली यू-१९ महिला टोलीलाई १० लाख दिने

काठमाडौं, कात्तिक ३०-
नेपाल प्रिमियर लिग (एनपिएल) का आठ टोलीले विश्वकपमा छनोट भएको आइसिसी महिला यू-१९ टोलीलाई १० लाख दिने भएका छन् । एनपिएलले का आठ टोलीले संयुक्त रुपमा विश्वकप २०२५ मा छनोट भएको नेपाली यू-१९ टोलीलाई १० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
एनपिएलका अनुसार आठ टोलीले संयुक्त रुपमा दश लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन्। यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार र अफिसियलहरुलाई जनही १ लाख ५० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो