पोखराको लगातार दोस्रो हार, जनकपुरको तेस्रो जित

काठमाडौँ, मंसिर २०-

नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो हार व्यहोर्दा जनकपुरले भने लगातार तेस्रो जित निकालेको छ। बिहीबारको पहिलो खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको हो।

एनपीएलको तीन खेलमा अपराजित जनकपुर ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो। दोस्रो खेलमा भने कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो।

पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो। पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

पोखराले दिएको लक्ष्य भेट्टाउन लाहिरु मिलान्थाले ४५ रनको योगदान दिए। उनले ३२ बलमा ८ चौका प्रहार गरे। आशिफ शेखले ३४ बलमा ३ चौका सहयोगमा ३३ रन थपे।

जेम्स निसम ४० र हर्ष ठाकेर १३ रनमा अविजित रहे। पोखराका लागि विपिन खत्री, माइकल लिक्स र कुशल भुर्तेलले समान एक विकेट लिए।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button