बिज्ञापन

वार्ताको प्रस्ताव मानेन साउदीले

अमिर शेख तमिम बिन हमद अल थानीले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानसँग हिजो राखेको वार्ताको प्रस्तावलाई साउदी अरबले अस्वीकार गरेको छ । तीन महिनादेखि जारी खाडी समस्या समाधानका लागि अमिरले शुक्रबार साउदीका राजकुमारसँग टेलिफोन वार्ता गरेका थिए ।उक्त वार्तामा दुवै पक्षले कूटनीतिक ढंगले समस्या समाधान गर्ने इच्छा देखाएका थिए ।

कतारका अमिर संगै साउदी राजकुमा

आज बिहान साउदी प्रेस एजेन्सी (एसपीए) मार्फत जारी गरिएको पहिलो वक्तव्यमा कतारी अमिरले टेलिफोन मार्फत छिमेकी राष्ट्रहरूको माग बारे वार्ता गर्ने इच्छालाई साउदीले स्वागतयोग्य ठानेको उल्लेख गरिएको थियो।सो वक्तव्यमा साउदीले युएई,बहराइन र इजिप्ट राष्ट्रहरूसँगको परामर्श पछि आफूले निर्णय दिने जनाएको थियो।

तर कतार आफ्नो पुरानै नीतिमा अडान रहेको, कतार न्यूज एजेन्सीले कतार बाट नै वार्ताको प्रस्ताव आएको कुरा उल्लेख नगरेको र कतार खाडी समस्या प्रति चिन्तित नभएको भन्दै वार्ता नगर्ने साउदीले एसपीए मार्फत दोस्रो वक्तव्यमा उल्लेख गरेको छ।

साथै कतारले आफनो अवस्था स्पष्ट रुपमा सार्वजनिक नगरेसम्म कतारका अधिकारीसँग कुनै पनि किसिमको वार्तालाई साउदी अरबले स्थगीत गरेको घोषणा समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button