अमेरिकामा ब्यापक रुपमा फैलिदै कोरोना भाइरस

विश्व शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । पछिल्लो समय अमेरिकामा बुलेट ट्रेनको गतिमा कोरोना भाइरस फैलिइरहेको छ ।
न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले कोभिड–१९ को संक्रमण ‘बुलेट ट्रेन’ भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि आग्रह गरिसकेका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले संक्रमणको दर सोचेभन्दा निकै तीव्र र उच्च रहेको जनाए ।
संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेकोमा उनले गुनासो गरे । उनका अनुसार न्युयोर्कमा हाल कम्तीमा ३० हजारवटा भेन्टिलेटर आवश्यक भए पनि ७ हजारवटा मात्र छन् । संघीय सरकारले जम्मा ४ हजारवटा मात्र भेन्टिलेटर पठाएकोमा उनले आलोचना गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो