विपिन जीवितै छन्, छिट्टै काठमाडौं फर्किन्छन्ः इजरायली राजदूत

काठमाडौं,मंसिर २०-
प्यालेस्टाइनी विद्रोही समूह हमासले १४ महिनादेखि बन्धक बनाएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको इजरायलले जनाएको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जीवितै रहेको सूचना पाएको जानकारी दिएका हुन् । अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी जोशी जीवितै रहेको सूचना आफूहरूले पाएको बताउँदै उनले बिहीबार काठमाडौंमा पत्रकारहरूसँग भने, ‘हाम्रा लागि विपिन निकै महत्त्वपूर्ण छन् । उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’
७ अक्टुबर सन २०२३ मा विपिनलाई हमासले इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो । त्यसयता उनको अवस्था अज्ञात छ । राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए । अरब स्रोतहरूले विपिन जीवित रहेको बताएका छन् । तर, उहाँलाई कहाँ राखिएको छ र अहिले कुन अवस्थामामा छन् भन्ने हामीलाई थाहा छैन, राजदूत वासले भने । उनका अनुसार हमासको कब्जामा अझै पनि १०० भन्दा बढी इजरायली र विदेशी नागरिक छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।