एनआरएनए मध्यपूर्वद्धारा खाडीमा कोरोना प्रभावित नेपालीका लागि उद्दार समिति गठन (नामसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैरआवासीय नेपाली संघ, मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेको छ।

एनआरएनए मध्यपूर्व संयोजक प्रविन गुरुङ्ग (कतार) को संयोजकत्वमा र मनोज कुमार श्रेष्ठ ‘गोर्खाली'( युएई) उपसंयोजक तथा प्रबक्तामा राजेन्द्र अर्याल जोन (साउदी अरब) चयन भएका हुन्।

उद्दार समिति कतारका लागि राज रेग्मी, रमेस भट्ट, अब्दुल बासिद, होमनाथ शर्मा, युबराज शर्मा, केबी हमाल र  मोहम्मद मुक्तदा मुसलमान रहेका छन्।

युएईका लागि ठाकुरप्रसाद ढुंगाना, नवीन पौडेल, राजु केसी, नेत्रप्रसाद शर्मा, प्रकास कोईराला, तेज थापा साउदी अरबका लागि यास्मिन बेगम र तेज थापा कुवेतका लागि अमित राई र सुजन केसी बहराइनका लागि लक्ष्मी गिरी र सेवन्त पुर्जा पुन ओमनका लागि रहेका छन् ।

कोरना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै गई रहेको अबस्था प्रति सचेत हुँदै त्यसबाट नेपाली श्रमिकहरुको जीवनरक्षा र आवश्यक भरणपाेषण पनि गर्ने उदेश्य लिएर यो समिति गठन गरिएको समितिका संयोजक प्रबिन गुरुङले जानकारी दिए ।

यो समितिले मध्यपुर्बका सम्पूर्ण राजदुताबासबाट दैनिक विवरण प्रत्येक एनसीसी मार्फत जानकारी लिने सहसंयोजक मनोज कुमार श्रेष्ठले बताए । त्यसैगरी कोरोना भाईरसको महामारी दिनप्रतिदिन बढ्दै गइरहेकॊ प्रति नेपालीहरुलाई सजक रहन प्रोत्साहित गर्नुपर्ने जिम्मेवारी पनि दिइएको समितिका प्रवक्ता राजेन्द्र अर्यालले बताएका छन् ।

प्रबासमा रहेका नेपाली श्रमिकहरुमा भइपरी आउनसक्ने संभावित परिस्थितिलाई सहजीकरण गर्नका लागि यो समितिले सदैव सचेत रही काम गर्ने बताइएको छ । अनलाइन मार्फत सम्पुर्ण नेपालीहरूसँग सम्पर्क गरी आबश्यक अनुसार समन्वय गर्ने जिम्मेवारी पनि समितिको तोकिएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत नेपाल सरकारको आह्वानलाई सम्पूर्ण प्रवासी कामदारहरूमाझ पुर्‍याउने काम पनि यो समितिलाई दिइएको छ । समितिका संयोजक एनआरएनएका मध्यपूर्व संयोजक प्रविन गुरुङ (कतार) ले भविष्यमा मध्यपूर्वमा परिआउने जस्तोसुकै समस्यालाई एनआरएनले सहयोग गर्ने बताएका छन्।

यो उद्दार समितिलाई आवश्यक सरसल्लाह र समन्वयको लागि एक सल्लाहकार मण्डल पनि गठन गरिएको छ । यो सल्लाहकार मण्डलमा टीबी कार्की (कतार), आर के शर्मा (कतार), डीबी क्षेत्री (ओमान), राजु सैयद (साउदी अरब),नरेन्द्र भाट (कतार), महेन्द्र चम्लागाई (कतार), कमलमणि गुरागाई (कतार), बिमल सुबेदी (कतार), गोपाल कडेल (युएई), धर्मराज गिरी (ओमान), बिल गुरुङ (कतार), बिनोद भट्टराई (कतार), सनी ओली ( कतार), सुरज मास्के (कुवेत), रमेश भण्डारी (साउदी अरब), कृष्ण प्रसाद भट्टराई रहेका छन् । भने मिडिया संयोजकमा युएईबाट मेघराज सापकोटा चयन भएका छन् । यो मिडिया समुहका अन्य सदस्यहरुमा शुक्र मुक्तान (साउदी अरब), शुवास शर्मा (युएई), दिपजङ शाह ( कतार), अमर श्रेष्ठ (बहराइन), माधब शाही (कुवेत) र पुर्ण पहाडी (ओमान) रहेका छन्।

समितिले आपत्कालिन अबस्थामा सम्पर्कको लागि बिभिन्न एनसिसी अध्यक्षहरुको मोबाईल नम्बर सार्वजनिक गरेको छ।
संयोजक -प्रबिन गुरुङ- कतार-००९७४५०४४६६५५
सहसंयोजक-मनोज श्रेष्ठ गोर्खाली (युएई-००९७१५६४७७७५३१)
प्रबक्ता-जोन अर्याल- (साउदी अरब-००९६६५००४९०३९८)
सुजन केसी -कुबेत- (००९६५९४४७१२२२)
प्रकाश कोईराला (युएई- ००९७१५०६५८१४४३)
लक्ष्मी गिरी ( बहराईन-००९७३३८११२३७०)
सेवन्त पुर्जा (ओमान-००९६८९१७५४०७९)
तेज थापा -(साउदी-००९६६५०४४३८३७७)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button