भरतपुरमा यज्ञपुरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

चितवन, मंसिर २१-

भरतपुर महानगरपालिका–४ यज्ञपुरीमा आज बिहान करिब ६ः१० बजेको समयमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएका छन् । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएको प्रहरीले बताएको छ ।

चौबीसकोठीबाट रामपुरतर्फ जाँदै गरेको ना १ क ४१५८ नम्बरको बस र रामपुरबाट चौबीसकोठीतर्फ आउँदै गरेको ना २९ प ६७०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक भरतपुर–१७ शारदानगर टाउन बस्ने वर्ष २३ को सफल सिके र मोटरसाइकल पछाडि सवार २१ वर्षीय अस्मिता थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुवैको अवस्था मध्यम रहेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । बस चालक भरतपुर–२७ पर्साढाप बस्ने वर्ष ४६ को मुक्ती प्रसाद जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button