नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुल्यो (सूचीसहित)

काठमाडौं, मंसिर २१-

नेपाल प्रहरीमा ठूलो संख्यामा आवेदन माग भएको छ। जवानदेखि भान्छे, कुचिकारसम्मका लागि नयाँ भर्ना खुलेको हो। नेपाल प्रहरीले आज सूचना प्रकाशित गरी प्रहरी जवान (जनपद)मा १ हजार १६५ पदमा भर्ना खुलाएको हो। सूचनामा ४७ भान्छे र ११ कुचीकारका लागि पनि आवेदन माग भएको छ।

नेपाल प्रहरीले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने जनाएको छ।

त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ।

यसका साथै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट फारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनौट शाखाले बताएको छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button