दोहा मेट्राेको ट्राभल कार्ड कसरी लिने ?

कतारमा रहेका बासिन्दा तथा पर्यटकले हिजो आज मेट्रो  सेवाको अनुभव बटुल्न पाएका छन् । दोहा मेट्राे अन्तर्गतको रेड लाइन दक्षिण सेवा अहिले संचालनमा रहेको छ।  झन्डै ५० प्रतिशत भन्दा बढी यात्रा समय कम गर्ने यो सेवा हप्तैभरि संचालनमा छ ।

तस्बिर : द पेनिन्सुला पत्रीका

मेट्राे सेवा स्ट्यान्डर्ड र गाेल्ड गरी  दुई क्लासमा यात्रा गर्न सकिन्छ   । स्ट्यान्डर्ड क्लासमा यात्रा गर्न एकतर्फीको लागि २ रियाल र दिनभरका लागि ६ रियाल पर्नेछ । त्यस्तै गाेल्ड क्लासमा यात्रा गर्न एकतर्फीको लागि ६ रियाल र दिनभरका लागि ३० रियाल पर्नेछ । 

मेट्राे सेवा प्रयोग गर्न जम्मा तीन किसिमको कार्ड बिभाजन गरिएको छ । जसमा स्ट्यान्डर्ड ट्राभल,गोल्ड क्लब र लिमिटेड युज कार्ड रहेको छ । यसमा परिवारका लागि छुट्टै क्याबिन समावेस छ भने ५ बर्ष काम उमेरका लागि यात्रा निशुल्क रहनेछ । मेट्राेमा फ्रि वाईफाई पनि रहेको छ ।

तस्बिर : अब्दुल रशित / द पेनिन्सुला पत्रीका

स्ट्यान्डर्ड ट्राभल कार्ड 

यस कार्ड मेट्राे स्टेशनमा राखिएको भेन्डिङ मेसिन अथवा आधिकारिक विक्रेता जस्तै जम्बो इलेक्ट्राेनिक्स,लुलु,अल मिरा,क्यारिफोर लगायत बाट खरिद गर्न सकिनेछ । कार्ड खरिद गर्न १० रियाल (बिना ब्यालेन्स) लाग्नेछ । यात्रा लागि यसमा छुट्टै रिचार्ज गर्न पर्नेछ । यस कार्ड मार्फत एकपटक  यात्रा गर्न २ रियाल पर्नेछ भने दिनभरिको लागि ६ रियाल लाग्नेछ ।

गोल्ड क्लब कार्ड 

यात्रुहरुले यस कार्ड मेट्राे स्टेशनमा रहेको गोल्ड क्लब  कार्यालय बाट खरिद गर्न सक्नेछन् । कार्ड खरिद गर्न १०० रियाल लाग्नेछ र यो पाँच बर्षका लागि मान्य हुनेछ । यात्रा लागि यसमा छुट्टै  रिचार्ज गर्न पर्नेछ । यो कार्ड बाट यात्रा गर्न एकपटकका लागि ६ र दिनभरका लागि ३० रियाल पर्नेछ । यसमा ठुलो र आरमदायी सिट रहेको छ ।

लिमिटेड युज कार्ड 

यो कार्ड स्टेशनमा राखिएको भेन्डिङ मेसिन तथा गोल्ड क्लब कार्यालय बाट खरिद गर्न सकिनेछ । यो एकपटक वा दिन भरका लागि यात्रा गर्न मात्र मिल्नेछ । पहिल्यै सिमित हुनेभएकाले यसमा बाँकी अन्य कार्ड जस्तो रिचार्ज गर्न मिल्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button