नवराज सिलवाल अमेरिकामा, इन्टरपाेलमार्फत डिफ्युजन नाेटिस जारी गर्ने तयारी

सरकारी दस्तखत छाप किर्तेमा प्रहरीकाे खाेजीमा परेका नेपाल प्रहरीका पूर्वडिअाइजी नवराज सिलवाल परिवारसहित अमेरिका पुगेका छन्।
प्रहरी प्रधान कार्यालय स्राेतका अनुसार प्रहरीले बयानका लागि खाेजी गरेपछि उनी स्थलमार्गबाट भारत हुँदै अमेरिका गएका हुन्। उच्च स्राेतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडाैंले उनलाई कार्यालयमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेपछि उनी भारतबाट मलेसिया-इन्डाेनेसिया हुँदै अमेरिका पुगेका हुन्। आजको नागरिक दैनिकमा खबर छ।
उनी अमेरिका पुगेकाे पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयकाे अपराध अनुसन्धान विभागले इन्टरपाेलमार्फत डिफ्युजन नाेटिस जारी गर्ने तयारी गरेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो