रविलाई भेट्न कास्की हिरासत पुगे बाबुराम भट्टराई

काठमाडौं, मंसिर २१-
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।
शुक्रबार बिहान कास्की पुगेर भट्टराईले लामिछानेलाई भेटेका हुन्।
भेटपछि पत्रकारहरूसँगको कुराकानीमा भट्टराईले लामिछानेमाथि एकपछि अर्को गरेर दुःख दिने काम अस्वाभाविक र अन्यायपूर्ण रहेकाले ऐक्यबद्धता जनाउन आएको बताए।
‘रविजीप्रति सधैं सद्भाव छ, स्वास्थ्य कस्तो छ भनेर बुझ्न पनि आएको हुँ, स्वस्थ नै हुनु हुँदोरहेछ, उनले भने।
उनले पचासौं लाख साना बचतकर्ताहरूको समस्या हल गर्नतिर सरकार नलागेको पनि बताए। एकातिर लामिछानेमाथि कारबाही प्रक्रिया लम्ब्याएर अर्कातिर सहकारी पचासौं लाख त्यस्ता बचतकर्ताहरूको समस्यालाई विषयान्तर गर्न खोजिएको भट्टराईको भनाइ छ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।