‘मेरो बिहेको खबरले म आफैं चकित छु, यो खबरमा कुनै सत्यता छैनः पल शाह

काठमाडौं, मंसिर २१-

अभिनेता पल शाहले आफ्नो विवाहको खबरले आफैं चकित परेको बताएका छन् ।
केही सातायता अभिनेता पल शाह विवाहको खबरले चर्चामा छन् । टिकटकदेखि रिल्ससम्म उनको विवाहको खबर छ्याप्छ्याप्ती छ । केही युट्युबरले उनको विवाह माघमा हुन लागेको दाबी गरिरहेका छन् । तर यो खबरमा सत्यता नरहेको उनले बताएका छन् ।

विवाहको हल्ला आगो जसरी फैलिंदै गर्दा उनलाई देश विदेशबाट बधाईको ओइरिरहेको रहेछ । यतिसम्म कि केही टिकटकरले केही अभिनेत्रीसँगको फोटो सेयर गर्दै पलको विवाह हुन लागेको भन्दै बधाई दिइरहेका छन् ।

विवाहको हल्ला यति फैलियो कि यतिबेला स्वयं पल शाहले सामाजिक सञ्जालबाट प्रष्टीकरण दिनुपरेको छ ।

पल फेसबुकमा लेख्छन्, ‘मेरो बिहेको खबरले म आफैं चकित छु । साथीभाइहरुले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस् यो खबरमा कुनै सत्यता छैन ।’

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button