बिज्ञापन

आज १७४ जनामा भाइरस देखियो

गएको २४ घण्टामा १७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १८६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये १३९ जना स्थानीय र ३५ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,३७,०६२ पुगेको छ ।

मन्त्रालयको  रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ८,१०६ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २३५ रहेको छ र निको हुनेको संख्या १,३४,१०० पुगेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक

अस्पताल भर्ना भएका – १९ जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २८१ जना

आईसीयुमा भर्ना भएका – ० जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ३५ जना

आज सम्म जाँच भएको संख्या – १,०७,५८९० जना

अझै निको हुन बाँकीको संख्या : २,७२७ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button