रातमा काठमाडौँ प्लाजामा निःशुल्क पार्किङ गर्न सकिने

काठमाडौँ, मंसिर ७-
काठमाडौँ प्लाजामा निःशुल्क पार्किङ उपलब्ध हुने भएको छ ।काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको काठमाडौँ प्लाजामा निःशुल्क पार्किङ उपलब्ध हुने भएको हो ।
आजदेखि बेलुकी साढे ५ बजेदेखि राति ११ बजेसम्म महानगरको कार्यालय परिसर गाडी पार्किङका लागि उपलब्ध हुने महानगरले जनाएको छ ।
प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले यो सुविधापछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत ठाउँको यातायात आवागमन र पार्किङ्मा सहजता हुने बताउनु भयो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो