कोरोनाको उद्गमस्थल वुहानलाई न्युन जोखिम क्षेत्र घोषित

कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको संक्रमणबाट न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिएको छ । पछिल्लो १४ दिनमा कुनैपनि संक्रमित नभेटिए कोरोनाभाइरसबाट न्युन जोखिमपूर्ण क्षेत्र घोषणा गरिने व्यवस्था अनुसार वुहान क्षेत्रलाई न्युन जोखिमपूर्ण क्षेत्र घोषणा गरिएको हो ।

चीनमा कम्तीमा पनि पछिल्लो १४ दिनमा कोरोनाभाइरसबाट संक्रमित कुनैपनि व्यक्ति नभेटिएका राज्य, जिल्ला तथा शहरहरुलाई कोरोना न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिने मापदण्ड राज्य सरकारले बनाएको छ । त्यसैगरी ५० वा सोभन्दा कम संक्रमित देखिएको ठाउँलाई मध्यम जोखिम र ५० भन्दा बढी संक्रमित भेटिएको ठाउँलाई उच्च जोखिमपूर्ण क्षेत्र मानिने मापदण्डमा उल्लेख गरिएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको पछिल्लो विवरण अनुसार आइतबार देशभरी १६ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् । आइतबारसम्ममा कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या चार हजार ६३२ पुगेको आयोगले जनाएको छ । त्यसैगरी कुल संक्रमितको संख्या ८२ हजार ७३५ पुगेको छ भने एक हजार ४१ जनाको मात्रै अहिले उपचार भइरहेको छ । बँकी ७७ हजार ६२ जना संक्रमणमुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button