यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर २२-

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा शनिबार बिहान कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भूभागलगायत बाँकी तराई क्षेत्र तथा उपत्यकाहरूका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, बागती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button