चितवनको राप्तीमा इभी भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, मंसिर २२-
चितवनको राप्ती नगरपालिका–१ पिप्लेमा इभी भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
शुक्रवार राति ११ः१५ बजेको समयमा हेटौंडादेखि नारायणगढतर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१ ख ०५५५ नम्बरको भ्यानले पैदल यात्री राप्ती–२ गड्यौली बस्ने वर्ष अन्दाजी २८ को सन्दिप रुवालीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका रुवालीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गएराति १२ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ठक्कर दिने सवारी साधन र चालक खोटाङ बाराह पोखरी गाउँपालिका–१ बस्ने वर्ष २४ को दीपक मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो