साउदीले जीसीसी सम्मेलनका लागि कतारलाई निम्तो पठायो

क्यूएनए
साउदी अरबियाले कतारको अमिर शेख़ तमिम बिन हमाद अल थानीलाई गल्फ़ सहायता काउन्सिल (जीसीसी) सम्मेलनका लागि निम्तो पठाएको छ। आऊँदो डिसेम्बर ९ मा रियादमा हुने ३९ औँ सम्मेलनमा भाग लिन साउदीका राजा सलमानले हस्तलिखित पत्र मार्फत जीसीसीका सचिब डा अब्दुल्लातिफ अल जायनीको हातमा निम्तो पठाएको कतार न्यूज़ एजेन्सीले जनाएको छ।

कतार माथी गत १८ महिने देखी जारी नाकाबन्दी पश्चात साउदी अरबिया बाट यो पहिलो सकारात्मक प्रतिक्रिया हो। गत बर्षको जीसीसी सम्मेलनमा कतार बाट मात्रै उच्च पदाधिकारीको (अमिर) सहभागिता रहेको थियो। हाल मलेसिया भ्रमणमा रहनुभएका अमिर यसपालिको सम्मेलनमा भाग लिने या नलिने बारे निर्णय आउन बाँकी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो