सुर्ती र चुरोट बरामद

भन्सार विभागले हालसालै हमाद वन्दरगाहमा ५६४ केजी सुर्ती संगै ३२४० बक्सा चुरोट जफत गरेको छ। जहाजमा काठको बाक्सा भित्र एक निरिक्षकलाई शंका लागेर गरिएको परिक्षणपछि ठुलो मात्रामा सुर्ति र चुरोट पत्ता लागेको हो।
सुर्ती र चुरोट प्याजको पोकामा प्याक गरि लुकाएर राखिएको अवस्थामा फेला पारिएको थियो। यसअघि रमदानको समयमा १७ केजी गाँजा हमाद विमानस्थलबाट जफत गरिएको थियो। भन्सार विभागको प्रमुख अह्मद अब्दुल्ला अल जमाल ले निषेध गरिएको सामान जफत गरेबापत आफ्नो ७ कर्मचारीलाई सम्मान समेत गरेका छन्।
साथै त्यस्ता सामान जफत गर्न विभागले देशको हरेक नाका आफ्नो कर्मचारीहरूलाई नियमित प्रशिक्षण समेत दिदै आईरहेको प्रमुख अल जमालले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो