गगन लक्षित देउवाले भनेः ‘धेरै बोल्नेले आफूलाई सिध्याउँछ, कम बोल्नेले अरुलाई’

काठमाडौँ, मंसिर २२-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई लीक्षत गर्दै धेरै बोल्नेले आफूलाई सिध्याउने तर, कम बोल्नेले अरुलाई सिध्याउने टिप्पणी गरेका छन्।
शनिबार विराटनगरमा आयोजित नेपाली कांग्रेसको प्रथम कोशी सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो टिप्पणी गरेका हुन्।
सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले सभापति ‘धेरै नबोल्नु हुने भएकाले उहाँको समय पनि लिएर केहि बढी बोलेको’ बताएका थिए।
देउवाले स्थानिय तह सबै भन्दा महत्वपूर्ण भएकाले स्थानिय तहमा मिहिनेत गर्न कार्यकर्तालाई निर्देशन दिए। उनले तीन तहको संरचना मध्ये सबै भन्दा महत्वपूर्ण संरचना स्थानिय तह भएकाले स्थानिय तहमा बलियो हुने पार्टीमात्रै बलियो हुने स्पष्ट पारे।
देउवाले भने ‘ग्रासरुटलाई मजवुद बनाउने पार्टीमात्रै बलियो हुने भएकाले स्थानिय तह, वडा र टोलमा पार्टीलाई बलियो बनाउन आजैदेखि मिहिनेत गर्नुहोस्।’
यस समाचारको श्रोत : www.narayanionline.com हो ।