एनपीएलमा आज पनि दुई खेल हुँदै, लुम्बिनीले जनकपुर र सुदूरपश्चिमले चितवनको सामना गर्ने

काठमाडौं,मंसिर २३-

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज आइतबार पनि दुई खेल हुने भएका छन् । पहिलो खेल बिहान ९ः १५ बजे र दोस्रो खेल दिउँसो १ः१५ बजेदेखि हुनेछ । दिनको पहिलो खेलामा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । लुम्बिनीले जारी एनपीएलमा एक खेल पनि जित्न सकेको छैन । जनकपुर भने अपराजित टोली हो । लुम्बिनीले तीन खेलमा लगातार हार ब्यहोर्दा जनकपुरले लगातार जीत निकालेको छ।

आइतबारको खेल हारेको खण्डमा लुम्बिनीको प्लेअफ यात्रा कठिन हुनेछ । बुधबार पहिलो खेल खेलेको लुम्बिनीले शुक्रबार, शनिबार क्रमशः दोस्रो र तेस्रो खेल खेलेको थियो । दिनको दोस्रो खेलमा अर्को अपराजित टोली सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ । शनिबार भएका खेलमा सुदूरपश्चिमले लुम्बिनी र कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेका थिए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button