सिएफसी रेड र एनआरएनए एफसी विजयी
![](https://qnkhabar.com/wp-content/uploads/2024/12/FB_IMG_1733643255665-780x470.webp)
सिएफसी नकआउट फुटबल प्रतियोगिताको पहिलो दिन सिएफसी रेड र एनआरएनए एफसी विजयी भएका छन् ।
गत शुक्रबार भएको उद्घाटन खेलमा आयोजक सिएफसी रेडले लमजुङ क्लबलाई ८-० को भारी अन्तरले हराएको छ । रेडको जितका लागि विवश राईले ४, नवीन महत्त्वले २ र विकास वराल र हिक्मेन लिम्बुले एक एक गोल गरेका थिए । खेलमा विवश राई म्यान अफ दि म्याच घोषित भए ।
![](https://qnkhabar.com/wp-content/uploads/2024/12/FB_IMG_1733643225086-300x200.webp)
त्यस्तै दोस्रो खेलमा एनआरएनए एफसीले सिसिसीलाई ३-२ गोलले जितेको छ । एनआरएनएको जितका लागि शेसराज महतले २ र श्री गुरुङले १ गोल गरेका थिए । सिसिसी का लागि राजु विक र कृष्ण थापाले एक एक गोल गरे । एनआरएनका महत खेलको उत्कृष्ट खेलाडी घोषित भए ।
कतारस्थित नेपाली दूतावासका नवनियुक्त राजदूत रमेशचन्द्र पौडेलबाट उद्घाटन भएको प्रतियोगिताको समारोहबीच आयोजक कमिटीका अध्यक्ष देव नारायण चौधरी,अल बर्किया एन्ड सालिक कम्पनीका प्रतिनिधि मोहम्मददुल हसन ,एनआरएनए एनसिसीका अध्यक्ष रमेश भट्ट,खेलकुद संयोजक रमेश केसी,थिन्क पोजेटिभ फाउन्डेसनका बिष्णु कार्की लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको दोस्रो दिनको खेल डिसेम्बर १३ तारिकमा बट्टिल्स एफसीले रस्लाफान एफसी र आयोजक निलोले गल्फ एसिया रस्लाफान संग प्रतिस्पर्धा गर्नेछ।